प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुण २०७९
नवलपरासी (पूर्व): बस दुर्घटना हुँदा १३ जना घाईते
२०७९-११-१७

विनयी त्रिवेणी गा.पा.१ स्थित ना. ५ ख ६५६७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार निम्न यात्रुहरु घाईते भई दुम्किबास पोलिक्लिनिकमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।निम्न घाईतेहरुः १.जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष २० कि सरस्वती थारु, अवस्था सामान्य । २.ऐ.१३ बस्ने वर्ष २२ कि आरती वि.क., अवस्था सामान्य । ३.ऐ.१० बस्ने वर्ष १८ कि दिया वि.क. अवस्था सामान्य ४.ऐ.बस्ने वर्ष ३० कि शर्मिला वि.क.,अवस्था सामान्य । ५.ऐ.६ बस्ने वर्ष ५२ कि यमकाल पाण्डे, अवस्था सामान्य । ६.ऐ.८ बस्ने वर्ष ४८ कि हरिमाया मरासिनी, अवस्था सामान्य । ७.ऐ.१० बस्ने वर्ष ७५ की मनु रसाईली, अवस्था सामान्य । ८ ऐ.१० बस्ने वर्ष ७० कि कलिमाया वि.क., अवस्था सामान्य । ९.ऐ. विनयी त्रिवेणी गा.पा.३ बस्ने वर्ष २७ कि सविता कुमाल, अवस्था सामान्य । १०.ऐ. बस्ने वर्ष ३० को सन्तोष कुमाल, अवस्था सामान्य । ११.जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष ४६ कि माया गुरुङ, अवस्था सामान्य । १२.जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.१ बस्ने वर्ष ३० कि विष्णुदेवी पौडेल, अवस्था सामान्य । १३.ऐ.२ बस्ने वर्ष ५३ कि पार्वती वि.क., अवस्था सामान्य ।

सडक दुर्घटना उद्धार सम्बन्धी नमूना अभ्यास सम्पन्न ।
२०७९-११-०५

सडक दुर्घटनाबाट हुने क्षति न्युनिकरण तथा सडक दुर्घटनामा प्रहरी कार्य दर्शाउने उद्देश्यका साथ गण्डकी प्रदेश आन्तरिक मामीला मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गण्डकी प्रदेश, गगनगौंडा कास्कीको आयोजनामा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका-०४ मा   सडक दुर्घटना उद्धार नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।ठुलो जनधनको क्षति सहित हुने गरेका सडक दुर्घटनामा प्रहरीद्वारा क्षति न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।उक्त नमूना अभ्यासमा प्रहरीले ट्राफिक व्यबस्थापन र घटना अनुसन्धानमा निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वुद्धिराज गुरुङले  विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शारीरिक रुपमा तयार रहन सबैमा आग्रह गर्नुभयो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<